स्वतन्त्र सांसद महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण

काठमाडौँ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र रूपमा निर्वाचित सांसद महावीर पुनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

पूर्वमन्त्रीसमेत रहेका पुनले बुधबार सामाजिक सञ्जालमार्फत विवरण सार्वजनिक गर्दै पारदर्शिताप्रति प्रतिबद्धता देखाएका हुन् ।

सार्वजनिक विवरणअनुसार उनकी श्रीमतीको नाममा करिब तीन तोला सुन रहेको छ, जुन इष्टमित्रबाट उपहारस्वरूप प्राप्त भएको उल्लेख गरिएको छ ।

यस्तै, नेपाल बैंक लिमिटेडमा चार लाख रुपैयाँ नगद रहेको र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ रहेको उनले खुलाएका छन् । उक्त रकम चुनावी चन्दा भएको पनि पुनले बताएका छन् ।

जग्गातर्फ कास्की जिल्लामा विभिन्न कित्तामा करिब २७ रोपनी १५ आना ४ पैसा जग्गा रहेको विवरणमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + twenty =