विधायन समितिमा कार्य परामर्श उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय सभा विधायन व्यवस्थापन समितिमा कार्य परामर्श उपसमिति गठन गरिएको छ ।

मंगलवार सिंहदरबारमा बसेको समितिको बैठकले उचित परामर्श लिने उद्देश्यसहित उपसमिति गठन गरिएको हो ।

समितिका सभापति कृष्णबहादुर रोकायको संयोजकत्वमा सांसदहरू आनन्दप्रसाद ढुंगाना, रामकुमारी झाँक्री, सुरेशकुमार आलेमगर, मोहम्मद खालिद रहनुभएको ५ सदस्यीय कार्य परामर्श उपसमिति गठन गरिएको समितिले जनाएको छ ।

समितिको कार्यविधि, २०८१ को दफा २० बमोजिम उपसमिति गठन गर्न सक्ने व्यवस्था अनुरूप कार्य परामर्श उपसमिति गठन गरिएको समितिका सभापति रोकायले बताए ।

उनले भने ‘विधायन व्यवस्थापन समितिको कार्यविधि, २०८१ को दफा २० बमोजिम उपसमिति गठन गर्न सक्ने व्यवस्था अनुरूप कार्य परामर्श उपसमिति गठन गर्न म प्रस्ताव गर्दछु । हामीले यो भन्दा पहिलो पनि छलफल गरेका थियौ । त्यहाँ एउटा कार्य परामर्श समिति थियो । यहाँ सबैको प्रतिनिधित्व हुनेगरी एउटा कमिटी बनाउनेछौ । माननीय आनन्दप्रसाद ढुंगाना, माननीय रामकुमारी झाँक्री, माननीय सुरेशकुमार आलेमगर, माननीय मोहम्मद खालिन गरी मसहित ५ जना कार्य परामर्श उपसमिति रहने भयो ।’

समितिको बैठकले अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पनि परिमार्जनसहित पारित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =