धुम्बाराहीमा देउवा पक्षको भेलाः निर्वाचनको समिक्षा र १५ औँ महाधिवेशनमा छलफल केन्द्रित

काठमाडौं । नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्का आफू पक्षका नेताहरूसँग छलफल गरिरहेका छन् ।

धुम्बाराहीमा जारी उक्त छलफल पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन कसरी बनाउने भन्ने विषयमा केन्द्रित रहेको नेता मीन विश्वकर्माले जानकारी दिए ।

उनकाअनुसार बैठकमा १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति, केन्द्रिय पदाधिकारी, सदस्य, जिल्ला सभापति र प्रदेश सभापतिहरू सहभागी छन् ।

संयुक्त छलफलमा फागुन २१ म सम्पन्न निर्वाचनको समीक्षा, पराजयका कारणको खोजी तथा आगामी महाधिवेशनको तयारीबारे छलफल भइरहेको नेता विश्वकर्माले बताए ।

उनले निर्वाचन आयोग र अदालतले गगनकुमार थापा नेतृत्वको काँग्रेसलाई वैधानिकता दिइसकेपछि बाँकी नेताहरूलाई पार्टी एकताका लागि कसरी सक्रिय बनाउने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।

उनले पार्टीभित्रको एकता कायम राख्दै १५ औँ महाधिवेशनलाई सबै पक्षलाई समेट्ने साझा महाधिवेशनका रूपमा सम्पन्न गर्ने विषयमा छलफल जारी रहेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =