नेपाल नै एउटा ब्राण्ड हो, अब ब्रान्डको समस्या छैनः पशुपतिदेव पाण्डे

काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष पशुपतिदेव पाण्डेले नेपाल आफैँमा एउटा ‘ब्राण्ड’ भएको बताउँदै यसलाई तवरले ब्राण्डिङ गर्नुपर्ने बताएका छन् ।

विश्व बौद्धिक सम्पती दिवसका अवसरमा राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै पाण्डेले नेपालमा ब्रण्डको समस्या नरहेको बताएका हुन् । उनकाअनुसार नेपालका स्थानीय नामहरू नै ब्रान्डका रूपमा स्थापित हुन सक्छन् । नेपाल देशै ब्राण्ड हो । बाजुरा, सोनाम, लिखुखोला वा मुक्तिनाथ—जुनसुकै नाम राखे पनि ती आफैँमा ब्रान्.ण्ड बन्ने उनको भनाइ छ ।

उनले नेपाली उत्पादनलाई विश्व बजारमा प्रतिष्पर्धी बनाउन र पहिचान स्थापित गर्न बौद्धिक सम्पती अधिकारको कार्यान्वयन अनिवार्य रहेको बताए । तयारी पोशाक लगायतका नेपाली उत्पादनमा भइरहेको ‘कपि’ गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै पाण्डेले मौलिक ब्राण्डिङको आवश्यकता औँल्याए ।

मेरो उत्पादन, मेरो देश, विश्व बजार भन्ने नाराका साथ अघि बढ्न उद्यमीहरूलाई आग्रह गर्दै उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रभुत्व जमाउनका लागि बौद्धिक संरक्षणको कामलाई तिब्रता दिनुको विकल्प नरहेको बताए ।

नेपालमा उपलब्ध ढाका, अल्लो, हेम्प (गाँजा), जडीबुटी, यार्सागुम्बा, शिलाजित जस्ता बहुमूल्य प्राकृतिक स्रोतहरूको परिचालनमा कानुनी समस्या रहेको पाण्डेले बताउँदै नयाँ सरकार र कर्मचारीतन्त्रलाई ती कानुनी गाँठो तत्काल फुकाउन आग्रह समेत गरे ।

उनले हाल उद्योग विभागमार्फत हुँदै आएका बौद्धिक सम्पत्ति सम्बन्धी कामहरू अपर्याप्त रहेको भन्दै पाण्डेले छुट्टै ‘बौद्धिक सम्पती विभाग’ स्थापना गर्न सरकारसँग माग गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =