खाली हुन थाल्यो थापाथलीको सुकुम्बासी बस्ती, बाक्लो संख्यामा प्रहरी तैनाथ (तस्बिरहरू)
२०८३ वैशाख १२ गते

काठमाडौं । सरकारले राजधानीका तीन स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियान आजदेखि सुरु गरेको छ ।
केही दिनदेखिको तयारीपछि शनिबार बिहानदेखि बस्ती खाली गराउने काम थालिएको हो । पहिलो चरणमा थापाथली क्षेत्रमा बस्ती हटाउने तयारी गरिएको छ ।
स्थानीयको अवरोध हुन सक्ने आकलन गर्दै सरकारले बिहानैदेखि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।
थापाथली क्षेत्रमा करिब १ सय ४५ घरधुरी सुकुम्बासी परिवार बसोबास गर्दै आएका छन् । उनीहरू २०६४ सालदेखि टहरा निर्माण गरेर उक्त क्षेत्रमा बस्दै आएका थिए ।
सरकारले अन्य दुई स्थानमा पनि चरणबद्ध रूपमा बस्ती हटाउने योजना बनाएको जनाएको छ ।

२०८३ वैशाख १२ गते
प्रतिक्रिया
सम्बन्धित








