गोदरेज रेफ्रिजरेटर नेपाली बजारमा, उपभोक्तालाई नयाँ विकल्प

काठमाडौँ । भारतीय ब्रान्ड गोदरेजका रेफ्रिजरेटरहरू नेपाली बजारमा उपलब्ध भएका छन् । यी उत्पादनहरू नेपालमा CG Electronics मार्फत वितरण भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार, उत्पादनहरू नेपालको विद्युत आपूर्ति अवस्था र भोल्टेज उतारचढावलाई ध्यानमा राखेर डिजाइन गरिएको छ । रेफ्रिजरेटरमा इन्भर्टर कम्प्रेसर प्रविधि प्रयोग गरिएको बताइएको छ, जसले ऊर्जा खपत घटाउने र दीर्घकालीन प्रयोगमा सहयोग गर्ने दाबी गरिएको छ ।

त्यसैगरी, उत्पादनमा Nano Shield Technology जस्ता फिचरहरू समावेश गरिएको उल्लेख छ, जसले खाद्य पदार्थको सुरक्षामा मद्दत गर्ने कम्पनीको भनाइ छ । साथै, केही मोडेलहरूमा कन्वर्टिबल मोड, बिल्ट-इन स्टेबिलाइजर र PUF इन्सुलेसन जस्ता सुविधाहरू उपलब्ध रहेको बताइएको छ  ।

उत्पादनलाई उच्च तापक्रममा परीक्षण गरिएको र विभिन्न क्षमतामा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ ।

गोदरेज रेफ्रिजरेटरहरू नेपालभर CG Electronics को आधिकारिक वितरण सञ्जालमार्फत सहजै उपलब्ध छन् । नयाँ वर्ष २०८३ को अवसरमा केही मोडेलहरूमा रु. ३५,३०० सम्मको क्यासब्याक अफरसमेत उपलब्ध रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =