विपद् व्यवस्थापन प्राधिकरणले भन्योः विपद् व्यवस्थापनमा स्रोत, साधन छैन

काठमाडौं । सरकारसँग विपद् व्यवस्थापनका लागि स्रोत तथा साधनको अभाव रहेको पाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीवार बसेको राष्ट्रिय सभा अन्तर्गतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सो कुराको जानकारी गराएको हो ।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले त्यस्ता खालको अभाव हुन नदिनका लागि आफूहरुले निजी क्षेत्रसँगको सहकार्यमा जोड दिनुपरेको समेत स्पष्ट पारे ।

मनसुनजन्य विपद् व्यवस्थापनका लागि हवाई उद्धारका लागि आवश्यक पर्ने हेलिकप्टर, डुंगा, ड्रोन लगायतका व्यवस्थापन गर्नका लागि निजी क्षेत्रसँग सहकार्य गर्नु परेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी प्रमुख भट्टले गत वर्षमा जस्तै यस वर्ष पनि विपद व्यवस्थापनका लागि अभाव भएका स्रोत र साधनको थप व्यवस्थापनका लागि निजी क्षेत्रसँगको सहकार्यमा जोड दिइएको बताए । ‘हामीसँग सामग्रीको अभाव छ । त्यसो भएपछि हामीले ड्रोनको सन्दर्भमा यसको एशोसिएशनहरु दुईं वटा रहेछ नेपालमा । उहाँहरु दुवैसँग सम्झौता गरेका थियौँ । हामीलाई परेको बेला उहाँहरुले ड्रोन उपलब्ध गराउने । ड्रोन र पाईलटलाई सम्बन्धित ठाउँमा पु¥याउने व्यवस्थापन र उहाँहरुको खाना र बस्ने व्यवस्थापन प्राधिकरणले गर्ने भन्ने थियो । त्यसैगरी हेलिका सम्बन्धमा गत वर्ष थियो । त्यो अहिलेसम्म जारी छ । काठमाडौं उपत्यकाभित्र हेलि उद्धार उहाँहरुले फ्रि गरिदिने निजीले पनि । अनि काठमाडौं बाहिर न्युनतम लागतमा गरिदिने भन्ने हिसाव थियो । त्यसैगरी डुंगाहरुमा पनि अभाव छ । त्यही भएर ¥याफटिङ एशोशिएशनसँग पनि हामीले सम्झौता गरेका थियाँै । यो वर्ष पनि हामी निजी क्षेत्रसँग के मा अरु थप सहकार्य गर्न सकिन्छ भनेर हेरिरहेका छौ’ उनले भने ।

प्राधिकरणले विपद व्यवस्थापनको कामलाई प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई ढल तथा खोलानाला अवरुद्ध नहुने गरी सफाईको काम गर्न पनि पत्रचार गरिएको जनाएको छ ।

विपद व्यवस्थापनको काम स्थानीय सरकारले प्रभावकारी ढंगले सम्पन्न गर्न सक्ने भएकाले सोही अनुसारको तयारी भईरहेको प्राधिकरणका कार्यकारी प्रमुख भट्टले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =