नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बीच मेडिकल सेवा सम्झौता

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्बन्धमा सम्झौता भएको छ ।

बुधवार निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनी नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रस्तावकहरूलाई आवश्यक पर्ने मेडिकल रिपोर्टका लागि छिटो छरितो र सर्वसुलभ सेवा प्रदान गर्ने तथा कर्मचारीहरूलाई सहुलियत दरमा स्वास्थोपचार सेवा उपलब्ध गराउने गरी सम्झौता गरेको हो ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका मेडिकल डाइरेक्टर डा. विनोद बिजुक्छेको समुपस्थितिमा सो हस्पिटलको तर्फबाट चिफ अपरेटिङ अफिसर अमृत खन्ना र नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड बिच कम्पनीको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयमा एक समारोहमा सम्झौता हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुरूप कम्पनीको बीमालेख खरिद गर्न चाहने प्रस्तावकलाई आवश्यक पर्ने मेडिकल जाँचको लागि सहुलियत दरमा छिटो छरितो सेवा प्रवाह गरी मेडिकल रिपोर्ट प्रदान गर्ने र कम्पनीमा कार्यरत कर्मचारीहरूलाई १० प्रतिशत छुट सुविधा सहित सहुलियत दरमा स्वास्थ्योपचार सुविधा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

यस प्रकारको सम्झौताबाट कम्पनीका सरोकारवाला वर्गहरूले लाभ उठाउन सक्ने अपेक्षा गरिएको कम्पनीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =