गृहमन्त्रालयको जिम्मेवारी अब प्रधानमन्त्रीले नै सम्हाल्ने

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएपछि गृहमन्त्रालयको जिम्मेवारी तत्कालका लागि प्रधानमन्त्री बालेन शाहले नै सम्हाल्ने भएका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार उक्त मन्त्रालय अहिलेका लागि प्रधानमन्त्रीकै मातहतमा राखिएको छ ।

विवादित व्यापारी दीपक भट्टसँग साझेदारी रहेको तथ्य सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए । त्यसपछि उनले आफूमाथि निष्पक्ष छानबिन होस् भन्दै पदबाट राजीनामा दिएका हुन् ।

हालको सरकार गठन भएको २६ दिनमै गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका हुन् । सम्पत्तिमाथि प्रश्न उठेपछि उनले प्रधानमन्त्रीसँग भेट गरी राजीनामा बुझाएका थिए ।

केही दिनअघि उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । तर उक्त विवरण अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेका बेला माइक्रो इन्स्योरेन्सलगायतका क्षेत्रमा गरिएको थप लगानीसम्बन्धी विवरण पनि सार्वजनिक भएको थियो ।

त्यसैगरी, उनले सञ्चालन गरेको ‘हामी नेपाल’ नामक सामाजिक संस्थामा आएको सहयोग रकम व्यक्तिगत खातामार्फत कारोबार गरेको लगायतका विषय बाहिरिएपछि गुरुङमाथि सर्वत्र दबाब बढेको थियो । सोही दबाबका बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − four =