१८ वस्तुगत सङ्घहरूको प्रदर्शन: एफएनसीसीआईको ६०औँ साधारण सभामा सहभागी गराउन माग

काठमाडौँ । विभिन्न १८ वटा वस्तुगत संघ तथा महासङ्घहरूले उद्योग वाणिज्य महासंघको आसन्न साधारण सभामा सहभागी गराउन माग गर्दै प्रदर्शन गरेका छन् ।

संस्थाहरूलाई सहभागी गराएर मात्रै उद्योग वाणिज्य महासंघको साधारण सभा गराउन माग गर्दै १८ वटा वस्तुगत संघ तथा महासङ्घहरूले बुधवार महासंघको कार्यालयअघि प्रदर्शन गरेका हुन् ।

यसअघि पाटन उच्च अदालतबाट १८ वटा वस्तुगत संघ तथा महासङ्घहरूलाई महासंघको निर्वाचनमा सहभागिता गराउनु भन्ने अन्तरिम आदेश गरेको थियो । वस्तुगत सङ्घहरूले आफूहरूले महासंघको निर्णयअनुसार विधिवत् सदस्यता प्राप्त गरेको र महासंघको ५९ औँ वार्षिक साधारणसभामा सहभागी भई निर्णय प्रक्रियामा हस्ताक्षरसमेत गरेको भन्दै आगामी साधारणसभामा आफूहरूलाई सहभागी गराउन माग गरेका छन् ।

नेपाल कृषि तथा पशुपंक्षी व्यवसायी संघका अध्यक्ष टिकाप्रसाद घिमिरेले सदस्यता नवीकरण गर्न उद्योग वाणिज्य महासंघले नमानेको कारण आफूहरू आन्दोलनमा उत्रिएको बताए । एफएनसीसीआईले कार्यक्षेत्र जुधेको भएपनि अन्य संस्थाहरूको सदस्यता नवीकरण गरेको त आफूहरूलाई सदस्यता दिन नमानेको आरोप लगाए ।

उनले भने ‘हाम्रो संस्थालाई हटाउने, सदस्यता नवीकरण नगर्ने, एउटै कार्यक्षेमा जुधेका संस्थाहरूलाई चाहिँ सदस्यता दिने अनि हामीलाई नदिने महासंघको प्रवृत्ति विरुद्ध हामी आन्दोलनमा आएका हौँ । त्यसकारण अन्य सदस्यहरूको सरह हामी पनि कायम रहनुपर्छ भन्ने हाम्रो माग हो ।’

महासंघको ६० औँ वार्षिक साधारण सभा यही वैशाख २१ र २२ गते काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =