सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । गृहमन्त्री सुधन गुरुङरवि लामिछानेबीच मंगलबार बूढानीलकण्ठस्थित निवासमा भेटवार्ता भएको छ । लघु बिमा कम्पनीमा लगानीसम्बन्धी विवाद चुलिएपछि गृहमन्त्री गुरुङ पार्टी सभापति लामिछानेसँग छलफल गर्न पुगेका हुन् ।

विवादास्पद व्यापारी दीपक भट्ट समूहको लगानी रहेको भनिएको लघु बिमा कम्पनीमा संस्थापक सेयर रहेको विषय सार्वजनिक भएपछि गृहमन्त्री गुरुङ आलोचनामा तानिएका छन् । यसै विषयलाई लिएर उनको राजीनामाको मागसमेत उठिरहेको छ ।

गृहमन्त्री गुरुङले भने उक्त लगानीबारे सामाजिक सञ्जालमार्फत स्पष्टीकरण दिँदै सेयर ऋणमार्फत लिएको दाबी गरेका छन् । तर उनले सम्पत्ति विवरणमा सो लगानी उल्लेख नगरेको आरोप लाग्दै थप आलोचना भइरहेको छ ।

चैत १३ गते गृहमन्त्रीमा नियुक्त भएका गुरुङमाथि पछिल्लो समय चर्को सार्वजनिक दबाब बढ्दै गएको छ । सोही दबाबबीच उनी पार्टीभित्र छलफलका लागि सभापति लामिछानेसँग भेट्न पुगेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − nine =