नारायणी नदीमा बुद्धको मूर्ति र चौताराको पुन : निर्माण

काठमाडौं । नारायणगढको नारायणी नदी किनारमा रहेका बुद्धको मूर्ति र चौताराको पुनः निर्माण गर्न लागिएको छ ।

सुनचाँदी व्यवसायी ज्ञानेन्द्रमान शाक्यले बाढी पहिरोले क्षती पुर्‍याएको ठाउँमा व्यक्तिगत लगानीमा पुनःनिर्माण गर्न लागेका हुन् । शाक्यकाअनुसार यहाँको चौतारा र मूर्ति मर्मतका लागि ३५ लाख रुपैयाँ लगानी लाग्नेछ । यहाँ जमिनदेखि ३६ फिट अग्लो बुद्धको मूर्ति छ । २

०७० सालमा निर्माण गरिएको मूर्ति नारायाणीमा पटक पटक आउने बढीले क्षती पुर्‍याउँदै आएको थियो । भत्किएको ठाउँमा प्लाष्टर र रंग रोगन गरिएको उनले बताए । नारायणी नदी घुम्न आउने मानिसहरुले यहाँ फोटो, भिडियो खिच्ने र चौतारामा शितलता प्राप्त गर्ने गर्दछन् ।

शाक्यले एक दशक अगाडि एक करोड १० लाख लगानीमा सो संरचना बनाएका थिए । मूर्तिको लागि मात्रै ४० लाख रुपैयाँ खर्चिएको व्यवसायी शाक्यले बताए ।

गत वर्षको बाढी पहिरोले बगाएर ल्याएका ठुला ठूला ढुंगामा बृद्ध, मायाँदेवी र बृद्धत्व प्राप्त पछि लावालस्कर गरेर दरबारमा स्वागत गर्दाको कलात्मक आकृति कुँदिएको चित्र बनाइएको छ । त्यसैगरी अहिले यहाँ चौतारा प्रवेश गर्ने ठाउँमा भगवान गणेश, स्वस्तिक, शंक र ॐ को आकृति कुँदिएको छ ।

चौतारामा वर, पिपल र स्वामीको बोट समेत रहेको छ । सो स्थानबाट बसेर नारायणी नदीको मनोरम दृश्यका साथै सुर्यअस्त समेत देखिन्छ । नारायणी नदीमा साँझपख मानिसहरु शितलता प्राप्त गर्नका लागि आउने गर्दछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =