अमेरिका–इरानको युद्ध विराम हुनेमा आशावादी छु : टर्कीका विदेशमन्त्री हकान फिदान

एजेन्सी । टर्कीका विदेशमन्त्री हकान फिदानले आईतबार अमेरिका र इरानले आफ्नो वर्तमान युद्धविराम विस्तार गर्नेमा आफू आशावादी रहेको बताएका छन् । प्रारम्भिक वार्तामा कुनै सम्झौता हुन नसके पनि क्षेत्रीय कुटनीतिक प्रयासहरू जारी रहेकाले उनले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

दक्षिणी टर्कीमा आयोजित पाँचौं अन्टाल्या डिप्लोमेसी फोरमको अवसरमा बोल्दै फिदानले अंकाराले वार्तालाई नजिकबाट नियालिरहेको बताए । उनले इस्लामावादमा भएको पहिलो चरणको वार्ता बिना सम्झौता सकिए पनि वासिङ्टन र तेहरान दुवै गम्भीर वार्ताका लागि इच्छुक देखिएको बताए ।

पाकिस्तानको मध्यस्थतामा भएको यो युद्धविराम अप्रिल ८ देखि लागू भएको थियो र यो अप्रिल २२ को आसपास समाप्त हुँदैछ । राष्ट्रपति रेसेप तैयप एर्दोगान लगायत टर्कीका अधिकारीहरूले दुवै पक्षलाई यो समयलाई स्थायी समाधानका लागि उपयोग गर्न र विशेष गरी इजरायलबाट हुने उक्साहटबाट बच्न आग्रह गरेका छन् ।

फिदानले यसअघि यदि वार्ता अगाडि बढ्यो भने ४५ देखि ६० दिनको विस्तार सम्भव हुनसक्ने बताएका थिए । अर्कोतर्फ इरानका उप–विदेशमन्त्री सईद खातिबजादेहले शनिबार तेहरान कुटनीतिका लागि दृढ प्रतिबद्ध रहेको तर अन्तर्राष्ट्रिय कानूनमा अपवादको रूपमा व्यवहार गरिएको कहिल्यै स्वीकार नगर्ने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − 8 =