सरकारलाई चिरिबाबु महर्जनको सुझावः आर्थिक वर्षको समय परिवर्तन गरौँ

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आर्थिक वर्षको समय परिवर्तन गर्नुपर्ने माग गरेका छन् ।

बिहीवार सिंहदरवारमा आयोजित अन्तर–सरकारी वित्त परिषद् तथा विषयगत समितिको बैठकमा बोल्दै उहाँले संघीय सरकारसँग सो प्रश्ताव गरेका हुन् ।

मनसुनी वर्षा र त्यो भन्दा अघिको समयमा कुनैपनि आयोजनाको डिजाईन, इष्टिमेट र टेन्डर आह्वान गर्ने र त्यस बाहेकको समयमा निर्माणको काम गर्न मिल्ने गरी आर्थिक वर्षको समय परिवर्तन गर्न उपयुक्त हुने उनको तर्क थियो ।

सरकारले विकास, निर्माणको काममा आमूल परिवर्तन हुनेगरी काम गर्नुपर्ने पनि मेयर महर्जनको भनाई थियो । सार्वजनिक खरिद ऐन २०६३ मा आमूल परिवर्तन गर्न पनि संघीय सरकारको ध्यानाकर्षण गराए ।

कुनैपनि आयोजनाहरुको काम समयमा सम्पन्न नहुनुमा सो ऐन मुख्य कारण रहेको औल्याउँदै मेयर महर्जनले त्यसमा तत्काल संशोधन गरेर अघि बढनुपर्नेमा जोड दिए ।

मेयर महर्जनले राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढन सक्ने अवस्था नभएकाले त्यसलाई पनि अनुकूल हुनेगरी विद्यमान कानूनमा संशोधन आवश्यक रहेको स्पष्ट पारे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − five =