लेखा समितिको सभापतिमा काँग्रेस सांसद खड्काको उम्मेदवारी दर्ता

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको सभापति पदमा नेपाली काँग्रेसका साँसद भरतबहादुर खड्काले उम्मेद्वारी दर्ता गरेका छन् ।

बिहीवार संघीय संसद सचिवालयमा उनले उम्मेद्वारी दर्ता गराएका हुन् । नेपाली काँग्रेसले खड्कालाई सभापतिको उम्मेद्वार बनाउने निर्णय गरेको थियो । खड्कालाई विपक्षी दलहरु नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले पनि समर्थन गरेका छन् ।

यस्तै सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले पनि सार्वजानिक लेखा समितिको सभापतिमा नेपाली काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ । सभापतिमा उम्मेद्वारी दर्ता गरेपछि सांसाद खड्काले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिने परम्परा रहेको बताए । उनले सर्वसहमतिमा आफू सभापति हुनेमा आशावादी रहेको उल्लेख गरे । ‘यो प्रमुख प्रतिपक्षी दललाई नै सहमतिमा दिने भन्ने कुरा छ । यो जितहारको विषय नहोला, सर्वसम्बत तरिकाले निविरोध हुन्छ होला’ उनले भने ।

बिहीवार प्रतिनिधि सभाका संसदीय समितिमा मनोनयनको कार्य तालिका छ । सोहीअनुसार उम्मेद्वारी दर्ता भइरहेको छ ।

सत्तारुढ दल रास्वपाले सार्वजानिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षी दललाई दिएर बाँकी सबै समितिका सभापतिमा आफ्ना सांसद पठाउने निर्णय गरेको छ । रास्वपाको सबै समितिमा बहुमत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =