राप्रपाका दुई नेतालाई ७२ घन्टे स्पष्टीकरण, अनुशासन उल्लंघनको आरोप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अनुशासन समितिले दुई जना नेताहरूलाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

पार्टीकी उपाध्यक्ष तथा अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना अधिकारी (चम्पा) लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरूमाथि प्रतिनिधि सभा निर्वाचनको मुखमा पार्टीको समानुपातिक सूचीविरुद्ध गतिविधि गरेको, चुनाव नजिकिँदै गर्दा पार्टी केन्द्रीय कार्यालयमा धर्ना बसेर ‘भ्रम’ सिर्जना गरेको आरोप लगाइएको छ ।

त्यस्तै, पार्टीभित्र समाधान खोज्नुपर्ने आन्तरिक विषयलाई प्रहरी प्रशासन र अदालतसम्म पुर्‍याएर पार्टी हितविपरीत काम गरेको आरोप पनि उनीहरूमाथि लगाइएको छ । साथै, महिला नेताहरूमाथि व्यक्तिगत लाञ्छना लगाउने कार्यसमेत गरेको दाबी गरिएको छ ।

अनुशासन समितिका अनुसार उनीहरूले बागमती प्रदेश सांसद कुमारी मोक्तान, महिला संगठनकी अन्जु सुवेदी लगायत ६ जना नेताविरुद्ध प्रहरी तथा प्रशासनमा उजुरी दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 1 =