रास्वपा संसदीय दलमा बालेनका लागि छुट्टै कार्यकक्ष तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको कार्याकक्षमा दलका नेता बालेन्द्र शाह (बालेन) का लागि छुट्टै कार्यकक्ष तयार गरिएको छ ।

प्रधानमन्त्रीसमेत रहेका शाहका लागि सिंहदरबारस्थित कार्यालयमा विशेष कार्यकक्ष व्यवस्थापन गरिएको हो ।

रास्वपा सभापति रवि लामिछानेका लागि पनि अलग कार्यकक्षको व्यवस्था गरिएको छ । यद्यपि, पार्टीले हालसम्म मुख्य सचेतक, सचेतक तथा संसदीय दलको उपनेता चयन गरिसकेको छैन । मुख्य सचेतकका लागि भने कार्यकक्ष तयार भइसकेको जनाइएको छ ।

रास्वपाको संसदीय दलको बैठक बिहीबार दिउँसो १२ बजे बस्ने तय भएको छ ।

उक्त बैठकमा संसदीय समितिका सभापतिहरूका उम्मेदवारबारे छलफल गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =