पर्यटन प्रवर्धन गर्न क्यानडाको प्रदर्शनीमा नेपालको सहभागिता
२०८३ वैशाख १ गते

काठमाडौं । क्यानडाको ओटावामा आयोजित ‘२७ औँ वार्षिक यात्रा तथा बिदा प्रदर्शनी’ मा त्यहाँस्थित नेपाली दूतावासले सहभागिता जनाएको छ ।
आइतबार र सोमबार सम्पन्न उक्त प्रदर्शनीमा दूतावासले छुट्टै स्टल स्थापना गरी नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा तथा कलात्मकतालाई उजागर गर्ने विभिन्न पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री, परम्परागत कलाकृति र मौलिक नेपाली उत्पादनहरू प्रदर्शन गरेको थियो ।
साथै, नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू समेटिएका प्रचारात्मक वृत्तचित्र तथा भिडियोहरू पनि प्रदर्शन गरिएको दूतावासले जनाएको छ ।
यस कार्यक्रमले क्यानडेली पर्यटकहरूमाझ नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
२०८३ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








