हर्मुज जलसन्धिमा अमेरिकी नाकाबन्दी नजिक आए इरानी जहाजमाथि प्रहार गर्ने ट्रम्पको चेतावनी
२०८३ वैशाख १ गते

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार चेतावनी दिँदै हर्मुज जलसन्धिमा जारी अमेरिकी नाकाबन्दीको नजिक कुनैपनि इरानी जहाज आएमा अमेरिकी सेनाले त्यसलाई नष्ट गर्ने बताएका छन् ।
आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा एक पोस्ट गर्दै ट्रम्पले इरानको नौसेना समुन्द्रको फेदमा पुगिसकेको र पूर्ण रूपमा ध्वस्त भएको बताए । सैन्य विश्लेषकहरूले यसअघि इरानको नौसेनामा परम्परागत ठूला जहाजहरूका साथै साना र तिब्र गतिका डुङ्गाहरू पनि सामेल रहेको बताउँदै आएका छन् ।
यी साना डुङ्गाहरू विशेष गरी हर्मुज जलसन्धि जस्ता साँघुरा जलमार्गहरूमा छापामार शैलीको सैन्य कारबाहीका लागि तयार पारिएका हुन् ।
२०८३ वैशाख १ गते
प्रतिक्रिया
सम्बन्धित








