मन्त्रीहरूको सम्पत्तिप्रति सुदन किरातीको टिप्पणी: ‘गरिबको भोटमाथि धनीको शासन’

काठमाडौं । पूर्वमन्त्री सुदन किरातीले हालै सार्वजनिक भएको मन्त्रीहरूको सम्पत्ति विवरणप्रति टिप्पणी गर्दै ‘गरिबको भोटमाथि धनीको शासन’ भएको बताएका छन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले स्वदेशमा कमाउने अवसर सीमित भएकै कारण धेरै युवा विदेश जान बाध्य भएको उल्लेख गर्दै केही मन्त्रीहरूले भने नेपालमै अत्यधिक सम्पत्ति आर्जन गरेको देखिएको दाबी गरेका छन् ।

उनले लेखेका छन्, ‘अत्यधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ, कि आफैले गडबडी गरेको हुनुपर्छ ।’

किरातीले सम्पत्ति विवरण बुझाउँदा कानुनी रूपमा स्रोत खुलाउनुपर्ने व्यवस्था रहेको स्मरण गराउँदै कर तिरेको छ कि छैन भन्ने विषयमा पनि प्रश्न उठाएका छन् ।

उनले यसबारे कानुनअनुसार छानबिन र कारबाही हुनुपर्ने माग गरेका छन् ।

“गरिबको भोटमाथि धनीको शासन”
स्वदेशमा त सम्पत्ति कमाउने अवसर छैन भन्छन् त्यसैले होला लाखौं युवाहरु सम्पत्ति कमाउन विदेश गइरहेका छन् । तर, केही युवाले त नेपालमै अत्याधिक सम्पति कमाएका रहेछन् भन्ने मन्त्रीहरूको सार्वजनिक सम्पत्ति विवरणबाट स्पष्ट हुन्छ । एक जना भुक्तभोगीले भन्थे, “अत्याधिक सम्पत्ति कमाउन कि आफ्नो पुर्खाले गडबडी गरेको हुनुपर्छ कि आफैले गडबडी गरेको हुनुपर्छ ।”
कुरो के हो ?
मेरो जानकारीमा, सम्पत्ति विवरण बुझाउँदा नियम अनुसार स्रोत खुलेकै हुनुपर्छ। तर राज्यलाई कर चाहिँ तिरिएको छ कि छैन ? हदबन्दी भन्दा बढी जग्गा जमिन हुनेहरूलाई कानुन अनुसार कारबाही होस् बालेन्द्र सरकार ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 5 =