सभामुख–उपसभामुखबीच शिष्टाचार भेट, संक्षिप्त छलफल

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र उपसभामुख रूबीकुमारी ठाकुरबीच शिष्टाचार भेटवार्ता भएको छ ।

सभामुखको सचिवालयका अनुसार आज भएको भेटमा सभामुख अर्यालले उपसभामुख ठाकुरलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

भेटका क्रममा उनीहरूबीच आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल समेत भएको जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =