केपी ओलीको पित्तथैलीको शल्यक्रिया, २२ एमएमको ढुंगा निकालियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको पित्तथैलीमा रहेको ढुंगा शल्यक्रियामार्फत निकालिएको छ ।

डा.पलेस्वाँ जोशी लाखे नेतृत्वको चिकित्सक टोलीले सफल शल्यक्रिया गरी पित्तथैलीमा रहेको ढुंगा निकालेको हो । संलग्न चिकित्सकका अनुसार शल्यक्रिया सम्पन्न भएसँगै ओलीलाई आईसीयूमा सारिएको छ ।

चिकित्सकहरूले निकालिएको ढुंगा २२ मिलिमिटरको रहेको बताएका छन् ।

यसअघि नयाँ सरकार गठन भएको भोलिपल्ट केपी शर्मा ओली लाई जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पक्राउ गरिएको थियो । पक्राउ परेकै दिनदेखि उनी त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए ।

ओली पक्राउ परेपछि उनकी पत्नी राधिका शाक्यले गैरकानुनी हिरासतमा राखिएको भन्दै सर्वोच्च अदालत मा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन् ।

सर्वोच्च अदालतले २३ चैतमा पूर्वप्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक माथिको अनुसन्धान २६ चैतभित्र टुंग्याउन आदेश दिएको थियो । साथै, तोकिएको समयमा अनुसन्धान पूरा नभए शर्तसहित रिहा गर्न पनि आदेश दिएको थियो ।

सोही आदेशअनुसार प्रहरीले ओलीलाई अस्पतालबाट उनकी पत्नी राधिका शाक्यको जिम्मा लगाएको थियो । थुनामुक्त भए पनि शल्यक्रिया आवश्यक रहेकाले उनी अस्पतालमै उपचाररत रहेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seven =