बिहारमा बस र भ्यान आपसमा ठोक्किँदा १० जनाको मृत्यु, २५ घाइते

बिहार । पूर्वी भारतीय राज्य बिहारमा बस र पिकअप भ्यान ठोक्किँदा १० जनाको मृत्यु भएको छ भने अन्य २५ जना घाइते भएका प्रहरीले जनाएको छ ।

यो दुर्घटना बिहारको राजधानी पटनाबाट करिब २७९ किलोमिटर पूर्व कटिहार जिल्लाको गेराबारी नजिकै भएको हो । प्रहरीले यस घटनाबारे मुद्दा दर्ता गरी दुर्घटनाको अनुसन्धान गर्न आदेश दिएको छ ।

संघीय सडक यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले हालै भारतमा वार्षिक रूपमा करिव ५ लाख सडक दुर्घटना र १ लाख ८० हजार मृत्यु हुने गरेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =