मानन्धरको ‘संङ्घर्षका पानाहरू’ पुस्तक विमोचन

काठमाडौँ । कम्युनिष्ट नेता तथा प्रजातान्त्रिक आन्दोलनका योद्धा विष्णुबहादुर मानन्धरद्वारा लिखित ‘संङ्घर्षका पानाहरू’ पुस्तकको विमोचन गरिएको छ ।

शनिवार काठमाडौँमा एक विशेष कार्यक्रमको आयोजना गरी मानन्धरको आत्मकथा ‘संङ्घर्षका पानाहरू’को विमोचन गरिएको हो ।

पुस्तक विमोचन कार्यक्रममा पूर्वराजदुत निलाम्बर आचार्यले विष्णुबहादुर मानन्धरजस्तो नेता आजको समाजमा फेला पार्न नसकिने बताए । मानन्धर सम्पन्न परिवारको व्यक्ति भएपनि एकदमै सादगी र सरल जीवनशैलीमा उनको जीवन बितेको उनको भनाई छ ।

उनले स्वच्छ छवि र सरल जीवनशैलीको रूपमा मानन्धरलाई स्मरण गरे । मानन्धर नेपालको किसान आन्दोलन, कम्युनिष्ट आन्दोलन र प्रजातान्त्रिक आन्दोलनको खम्बा रहेको उनको भनाई छ ।

उनले यो पुस्तकले मानन्धरलाई सदा जीवित राख्ने बताए । उनले मानन्धरको जीवनशैली वर्तमान राजनीतिक परिस्थितिमा अत्यन्तै आवश्यक र उदाहरणीय रहेको उल्लेख गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, कानुनविद् निलाम्बर आचार्य, पूर्वमन्त्री गणेश शाह लगायतको उपस्थिति रहेको थियो । पुस्तकलाई पव्लिकेशनले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − fifteen =