संसदमा हर्कको गर्जन- ‘दार्चुलाको अवस्था देखेर रोएर आएँ, तुइन विस्थापित गर्न मन्त्रीहरू त्यहाँ पुगुन्’

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उपसभामुखको निर्वाचन प्रक्रियामा सहभागी हुँदै अध्यक्ष राईले आफ्नो हालैको दार्चुला भ्रमणको स्मरण गर्दै अध्यक्ष राईले दार्चुलाको विकट अवस्थाबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

आफूले त्यहाँको अवस्था देखेर रोएर आएको बताए । ब्यास गाउँपालिकाको दुम्लिङसम्म पुग्दा बाटो नभएर मान्छे महाकालीमा तुइनबाट खसेर मर्ने अवस्था रहेको उनको भनाइ छ । तुइनमा नझरेको कुनै घर परिवार नै नरहेको उनले बताए । उनले भौतिक पूर्वाधार तथा शहरी विकासमन्त्री र गृहमन्त्रीलाई दार्चुलाको ब्यास क्षेत्रमा स्थलगत भ्रमण गर्न र त्यहाँका जनताको पीडा बुझ्न रोस्ट्रमबाटै आग्रह गरे ।

सम्बोधनका क्रममा राईले संसदभित्र प्रयोग हुने शब्द र व्यवहारमा सुधार गर्नुपर्नेमा जोड दिए । केही सांसदहरूले उपसभामुख उम्मेदवार रुवीकुमारी ठाकुरलाई ‘बहिनी’ भनेर सम्बोधन गरेकोमा आपत्ति जनाए । त्यस्तै, ज्येष्ठ नागरिकका विषयमा अपमानजनक शब्द प्रयोग नगर्न आग्रह गर्दै उनले प्रकृतिको नियमअनुसार सबै बुढो हुने भएकाले उमेरलाई लिएर उपहास नगर्न सचेत गराए ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ध्यानाकर्षण गराउँदै राईले विना कारण उडान ९फ्लाइट० ढिलो गर्ने विमान कम्पनीहरूलाई जरिवाना गर्नुपर्ने माग राखे । संसदमा समर्थन जनाउँदा टेबल र कुर्सी ठोक्ने परम्परालाई ‘अमर्यादित’ भन्दै उनले त्यसको साटो दुई हातले ताली बजाउने संस्कृति सुरु गर्न प्रस्ताव गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − six =