काँग्रेसले पार्टी सांसदहरूलाई भन्यो– उपसभामुख पदमा रुवीकुमारी ठाकुरलाई मत हाल्नू
२०८२ चैत २७ गते

काठमाडौँ । नेपाली काँग्रेसले प्रतिनिधि सभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबीकुमारी ठाकुरलाई समर्थन गर्ने निर्णय गरेको छ ।
शुक्रवार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको अनौपचारिक बैठकले यस्तो निर्णय गरेको सांसद अुर्जननरसिंह केसीले जानकारी दिए ।
उनले उपसभामुख पदमा श्रम संस्कृति पार्टी सांसद ठाकुरलाई मत हाल्न सांसदहरूलाई भनिएको समेत बताए ।
उनले भने ‘उपसभामुखको निर्वाचनको सन्दर्भमा श्रम संस्कृति पार्टीलाई समर्थन गर्ने निर्णय गर्नको लागि अनौपचारिक रूपले बसेका हौँ । यो हाम्रो पूर्ववत् निर्णय भएको भएपनि त्यसको सूचना सबै माननीयज्यूलाई गर्नको लागि बसेको बैठक मात्रै हो ।’
सत्तारुढ दल रास्वपाले समेत ठाकुरलाई नै समर्थन गर्ने निर्णय गरिसकेको छ । उक्त पदमा ठाकुर र राप्रपाकी सरस्वती लामाको उम्मेदवारी छ ।
२०८२ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








