अमेरिका–इरान युद्धविरामको खुसी मनाउन सडकमा निस्किए इराकीहरू
२०८२ चैत २७ गते

एजेन्सी । अमेरिका र इरानबीच भएको दुई हप्ते युद्धविराम सम्झौताको खुशीयाली मनाउन राजधानी बग्दादका सडकमा सयौं इराकीहरू उत्रिएका छन् । इरानी दूतावास नजिकै भेला भएको भीडले इराकी र इरानी झण्डा फहराउँदै इरानप्रति ऐक्यवद्धता जनाएका थिए ।
प्रदर्शनकारीहरूले अमेरिका र इजरायल विरोधी नाराहरू समेत लगाएका थिए । यो युद्धविरामले क्षेत्रमा बढ्दो तनावलाई कम गर्ने अपेक्षा गरिएको छ ।
दुवै देशका प्रतिनिधिहरूले आगामी दुई हप्तासम्म कुनैपनि सैन्य गतिविधि नगर्ने सहमति जनाएका छन् । बग्दादका स्थानीय बासिन्दाहरूले यस कदमलाई शान्तिको दिशामा एक सकारात्मक शुरुवातको रूपमा लिएका छन् ।
२०८२ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








