हुम्लामा हिमपातले जनजीवन कष्टकर
२०८२ चैत २५ गते

सिमकोट (हुम्ला) । आज बिहानदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात सुरु भएको छ । उत्तरी नाम्खा गाउँपालिकाको यारी, हिल्सा, लिमी, न्यालु, चालालगायत क्षेत्रमा हिमपात भइरहेको नाम्खा–६ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
वडाध्यक्ष तामाङका अनुसार उच्च भेगमा हिमपात भइरहेको छ भने होचो भेगमा पानी परिरहेको छ ।
जिल्लाको दक्षिणी भेगमा पानी परिरहेको छ । सदरमुकाम सिमकोटमा हिमपात हुँदा चिसो अत्यधिक बढेको छ । चिसोले सरकारी तथा गैरसरकारी कार्यालयमा कर्मचारीलाई काम गर्न असहज भएको छ । साथै सेवाग्राही पनि चिसोका कारण कमै उपस्थित हुने गरेका छन् ।
गाउँघरमा पानी पर्दा किसान खुसी भएका छन् । यतिबेला परेको पानीले कृषकलाई राहत हुने बताइएको छ ।
२०८२ चैत २५ गते
प्रतिक्रिया
सम्बन्धित








