नेपाल स्टक एक्सचेञ्ज र टाइम फर्मास्युटिकल्स बीच शिलबन्दी बोलपत्र सम्बन्धी सम्झौता

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड र टाइम फर्मास्युटिकल्स लिमिटेड बिच शिलबन्दी बोलपत्र सम्बन्धी कार्य सञ्चालन सम्झौता सम्पन्न भएको छ ।

नवलपरासी गैँडाकोट न.पा वडा नं. ०४, स्थित श्री टाइम फर्मास्युटिकल्स लिमिटेडले नेपाल स्टक एक्सचेञ्जले सङ्गठित संस्थाले जारी गर्न लागेको प्रति शेयर अंकित मूल्य रु. १०० दरको ४,३४,६०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग विधि मार्फत योग्य संस्थागत लगानीकर्ताहरूको लागि नेपाल धितोपत्र बोर्डको निर्देशिका अनुसार शिलबन्दि बोलपत्र दर्ता गर्ने, बोलपत्र खोल्ने र सो को निर्णय गर्ने कार्य गर्नको लागि नेप्सेले सहजीकरण गर्ने लगायतका अन्य सर्तहरू पालना गर्ने गरी उक्त सम्झौता भएको हो ।

उक्त सम्झौता कार्यक्रममा नेपाल स्टक एक्सचेञ्जको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईँ र टाइम फर्मास्युटिकल्स लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक सुदर्शन लाल श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

साथै कम्पनीको तर्फबाट कम्पनी सचिव अधिवक्ता सुदिप घिमिरे र शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्टको तर्फबाट मनोहर कँडेलको उपस्थिति रहेको थियो ।

टाइम फर्मास्युटिकल्स लिमिटेडले रु. १०,८६,५०,००० रकम बराबरको १०,८६,५०० कित्ता साधारण शेयर बुक बिल्डिङ्ग विधि मार्फत शेयर निष्कासन गर्ने तयारी गरेको छ ।

उक्त शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ताहरूका लागि र बाँकी ६० प्रतिशत शेयर सर्वसाधारण को लागि सार्वजनिक निष्कासन द्वारा बिक्री गरिने कम्पनीले जनाएको छ । उक्त शेयर जारी पश्चात् कम्पनीको चुक्ता पुँजी रु. ५३,००,००,०००.०० हुनेछ ।

टाइम फर्मास्युटिकल्स लिमिटेड कम्पनी विगत ३० वर्ष देखि नवलपरासी जिल्लाको गैँडाकोट न.पा वडा नं ०४ मा केन्द्रीय कार्यालय तथा गैँडाकोट न.पा वडा नं १० मा उत्पादन प्लान्ट (उद्योग) साथै ललितपुर सातदोवाटोमा मार्केटिङ कार्यालय स्थापना गरी करिब ३०० जना कर्मचारीहरू लाई प्रत्यक्ष रोजगारी दिई करिब २०० भन्दा बढी गुणस्तरीय औंषधीहरु उत्पादन गरिरहेको WHO-GMP प्रमाणित कम्पनी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 3 =