ओझेलमा रहेको भैरव कुण्डमा बढ्दै आन्तरिक पर्यटक (तस्बिरहरू)

यस पदयात्राका क्रममा  देखिने गौरीशङ्कर, रोल्वालिङ क्षेत्र, लाङटाङ लिरुङ र चीनतर्फको सिसापाङ्मा हिमालको मनोरम दृश्यले यात्रालाई अझै रोमाञ्चक बनाउँछ

काठमाडौँ। सिन्धुपाल्चोक जिल्लामा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य भैरव कुण्ड अझै पनि व्यापक रूपमा चर्चामा आउन सकेको छैन। भोटेकोसी गाउँपालिका १ मा रहेको यो कुण्ड पछिल्लो समय भने आन्तरिक पर्यटकहरूको रोजाइमा पर्न थालेको छ।

समुन्द्री सतहबाट करिब ४२५० मिटरको उचाइमा अवस्थित भैरव कुण्डमा विशेष गरी जनै पूर्णिमाका अवसरमा मेला लाग्ने गर्दछ, जसले यस क्षेत्रलाई धार्मिक महत्वका साथै सांस्कृतिक आकर्षण पनि प्रदान गरेको छ।

काठमाडौँबाट सुरु हुने यात्रा पहिलो दिन बाह्रबिसे, लिस्तिकोट र डाक्लाम हुँदै करिब २५५० मिटर उचाइमा रहेको चगामसम्म पुगिन्छ। दोस्रो दिन चगामबाट जिपमार्फत बगाम हुँदै करिब २–३ घण्टाको यात्रापछि ३८२० मिटर उचाइमा रहेको चोकरमोकर पुग्न सकिन्छ। पर्यटकहरूको सुविधाका लागि चगाम र चोकरमोकरमा केही होमस्टेहरू पनि सञ्चालनमा छन्।

चोकरमोकरबाट भने भैरव कुण्ड पुग्न ४–५ घण्टाको पैदल यात्रा गर्नुपर्छ। यस पदयात्राका क्रममा  देखिने गौरीशङ्कर, रोल्वालिङ क्षेत्र, लाङटाङ लिरुङ र चीनतर्फको सिसापाङ्मा हिमालको मनोरम दृश्यले यात्रालाई अझै रोमाञ्चक बनाउँछ।

तस्बिरहरू:-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =