नेपाल बैंक र दराजबीच भुक्तानी सेवा सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र दराजबिच बैंकमा खाता रहेका ग्राहकहरूलाई अनलाईन पोर्टल मार्फत सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

२०८२ साल चैत्र २० (२०२६ अप्रिल ३ २०२६) गते देखि चैत्र २७ (२०२६ अप्रिल १०) गते सम्म लागू हुने उक्त सम्झौता पत्रमा बैकको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन् ।

नजिकिँदै गरेको नयाँ वर्ष २०८३ लाई लक्षित गरी नेपाल बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँगको साझेदारीलाई निरन्तरता दिएको हो ।

नेपाल बैंकमा खाता रहेका ग्राहकहरूले दराज मार्फत अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु ५०० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु ७५० सम्मको छुट प्राप्त गर्न सकिनेछ ।

उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले उक्त कार्डमा इ–कमर्स सक्रिय गर्नुपर्नेछ र उक्त कार्य गर्दा कुनै शुल्क लाग्ने छैन । त्यसको लागि ग्राहकहरूले नेपाल बैङ्कको कुनै पनि शाखा मार्फत इ-कमर्स सक्रिय गर्नु पर्नेछ ।

बैंकले ग्राहकहरूलाई उक्त प्रयोजनार्थ आफ्नो कार्डमा इ–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आवेदन दिन समेत आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 6 =