संविधान संशोधनको आवश्यकता र औचित्य छ: खम्मबहादुर खाती

काठमाडौँ । नेपाली काँग्रेसका राष्ट्रिय सभा सदस्य खम्मबहादुर खातीले मुलुकमा संविधान संशोधनको आवश्यकता र औचित्यता रहेको बताएका छन् ।

बिहीबार सिंहदरबारमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै खातीले संविधान संशोधनका लागि गठबन्धन सरकारले यसअघि पनि पहल गरेको स्मरण गराएका हुन् ।

उनले वर्तमान संवैधानिक व्यवस्था खर्चिलो भएको र यसमा परिमार्जन आवश्यक रहेको औँल्याए । खातीले न्यायपालिकाको सुधारका विषयमा पनि जोड दिए । संशोधन प्रक्रियाका बारेमा स्पष्ट पार्दै उनले कुनै छुट्टै आयोग वा कमिटी गठन गरेर मात्र यो सम्भव नहुने बताए । उनकाअनुसार संविधान संशोधनको प्रक्रिया सार्वभौम संसदबाटै अघि बढ्नुपर्नेछ ।

उनले भने ‘संविधान संशोधन, आवश्यकता र औचित्यता छ, त्यस सन्दर्भमा गठबन्धन सरकारले पहिला पनि यो विषय अघि बढाएको हो । यो एकदमै खर्चिलो छ, प्रतिनिधि सभामा पनि संख्या बढी छ । प्रदेशको कुरा उठिरहेको छ । स्थानीय सरकारको पनि संख्या घटाउने कुरा उठिरहेको छ । संविधान संशोधनमा इण्डिपेण्डेन्ट जुडिसियरीका कुरा पनि उठेका छन् । न्यायिक समितिदेखि, संवैधानिक परिषद् धेरै विषयमा संशोधन गर्न आवश्यक छ । सल्लाहकारको अध्यक्षतामा हुने नोटेड गर्ने प्रक्रिया हुनसक्ला, अन्य राजनीतिक दलहरू त्यसमा सहभागी हुने वा नहुने र कस्ता खालका विज्ञहरू त्यसमा रहने भन्ने कुरा हुन्छ । संविधानले छुट्टै संविधान संशोधनका लागि कुनै कमिटी वा आयोग गठन गर्न सक्दैन । सार्वभौम सत्ता जनतामा निहित प्रतिनिधि सभाका सांसदहरू र अप्पर हाउससँग जोडिने र सातै प्रदेशको फ्लोरमा लैजानुपर्छ र त्यहाँबाट आएको सुझावका आधारमा संशोधन गर्नुपर्छ ।’

उनले सल्लाहकारको अध्यक्षतामा हुने नोटेड गर्ने प्रक्रिया हुनसक्ने र त्यसमा अन्य राजनीतिक दलहरूको सहभागिता तथा विज्ञहरूको भूमिकाका बारेमा पनि छलफल हुनुपर्ने धारणा राखे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =