हनुमान जयन्तीमा गृहमन्त्री गुरुङको पशुपतिनाथ दर्शन

दर्शनपछि गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका छन्

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले आज बिहान पशुपतिनाथ मन्दिरमा पूजा–अर्चना गर्दै दर्शन गरेका छन्। गृहमन्त्री नियुक्त भएपछि उनी पहिलो पटक मन्दिर पुगेका हुन्। हनुमान जयन्तीको अवसर पारेर गरिएको दर्शनलाई विशेष महत्वका साथ हेरिएको छ।

दर्शनका क्रममा गुरुङले मन्दिर परिसरको अवलोकन गर्दै सरसफाइ, व्यवस्थापन र तीर्थयात्री सुविधाबारे जानकारी लिएका छन्। आवश्यक सुधारका लागि सम्बन्धित निकायलाई निर्देशन समेत दिएको जनाइएको छ।

आज हनुमान जयन्तीका कारण पशुपतिनाथ क्षेत्रमा बिहानैदेखि भक्तजनको भीड लागेको थियो। सुरक्षाको विशेष व्यवस्था मिलाइएको थियो भने गृहमन्त्रीको उपस्थितिले सुरक्षा निकाय थप सक्रिय देखिएका थिए।

दर्शनपछि गुरुङले देशमा शान्ति, स्थिरता र समृद्धिको कामना गरेका छन्। साथै धार्मिक स्थलको संरक्षण र प्रवर्द्धनले पर्यटनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 3 =