एमाले संसदीय दलको नेतामा थापा चयन
२०८२ चैत १८ गते

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय दलको नेतामा रामबहादुर थापा ‘बादल’ चयन भएका छन् ।
एमालेको केन्द्रीय कार्यालय, ललितपुर च्यासलमा भएको बैठकपछि थापा निर्विरोध चयन भएका हुन् ।
बैठकमा दलको नेताका लागि सांसद सुहाङ नेम्वाङले चाहना राखे पनि पछि निर्विरोधरूपमा थापा चयन भएको एमालेका सांसद ऐनबहादुर महरले जानकारी दिए ।
उपाध्यक्ष थापालाई सो पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेललगायत पदाधिकारीले बधाई दिए ।
प्रतिनिधिसभामा एमालेका २५ सदस्य छन् ।
२०८२ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








