एमाले संसदीय दलको नेतामा बादल र सुहाङको प्रतिस्पर्धा
२०८२ चैत १८ गते

काठमाडौँ । नेकपा एमालेको संसदीय दलको नेता चयनका लागि निर्वाचन हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा सर्वसम्मत सहमति हुन नसकेपछि निर्वाचन गर्नुपर्ने निर्णय गरिएको हो ।
संसदीय दलको नेतामा उपाध्यक्ष रामबहादुर थापा बादल र सांसद सुहाङ नेम्वाङले दाबी गरेका छन् ।
निर्वाचन संयोजक निरज आचार्यका अनुसार थापाले उम्मेदवारी पेश गरिसकेका छन् भने नेम्वाङले उम्मेदवारी दर्ताका लागि पत्र बुझाइसकेका छन् ।
२०८२ चैत १८ गते
प्रतिक्रिया
सम्बन्धित








