अमेरिका र इजरायली हमलाबाट ऐतिहासिक स्थल र विश्वविद्यालयहरू ध्वस्त भएको इरानको दाबी

एजेन्सी । अमेरिकी र इजरायली हवाई आक्रमणले इरानभरिका धेरै ऐतिहासिक भवनहरू ध्वस्त पारेको र विश्वविद्यालयहरूमा क्षति पुर्‍याएको एक इरानी अधिकारीले बताएका छन् ।

युनेस्कोका लागि इरानी राष्ट्रिय आयोगका महासचिव हसन फर्तौसीले तेहरानमा आयोजित पत्रकार सम्मेलनमा सो क्षतिको विवरण प्रस्तुत गरेको ‘स्टुडेन्ट न्युज नेटवर्क’ले जनाएको छ ।

उनकाअनुसार यी आक्रमणहरूले सांस्कृतिक सम्पदा, ऐतिहासिक स्थल र शैक्षिक संस्थाहरूमा गम्भीर क्षति पुर्‍याएका छन् । फर्तौसीकाअनुसार प्रभावित कतिपय भवनहरू सयौं वर्ष पुराना थिए र तिनलाई कहिल्यै जीर्णोद्धारको आवश्यकता परेको थिएन ।

उनले ती संरचनाहरू ‘पूर्ण रूपमा ध्वस्त’ भएको र आक्रमणले ‘इरानको ऐतिहासिक पहिचानको महत्त्वपूर्ण हिस्सा’ मा आघात पुर्‍याएको बताए । उनले विशेष गरी सफाविद राजवंश (१५०१–१७३६) का संरचनाहरूमा पुगेको क्षतिको उल्लेख गरे । आयोगले क्षतिको प्रमाण संकलन गरी युनेस्कोमा बुझाइसकेको उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =