देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना कायमै

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशका पहाडी तथा हिमाली भू-भागमा साधारणतया बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था छ ।

गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा अहिले मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो र राति पनि देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । विशेषगरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा मध्यम वर्षा हुने सङ्केत देखिएको छ ।

यस्तै, मधेश प्रदेशसहित कोशीको तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ । तराईका क्षेत्रमा भने आंशिक बदली रहने र पहाडी भेगमा बादल लाग्ने क्रम जारी रहनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =