पहिरोले भोटखोला जाने सडक अवरुद्ध

किमाथाङ्का । सङ्खुवासभाको कोशी राजमार्गअन्तर्गत खाँदबारी–किमाथाङ्का सडक खण्डको भोटखोलामा पहिरोका कारण सडक अवरुद्ध भएको छ ।

उत्तर दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–४ छोङराङमा पहिरो खस्दा खाँदबारी किमाथाङ्का सडकखण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले बताए ।

पहिरो हटाउन उत्तर दक्षिण कोशी सडक कार्यालय तथा स्थानीय तहसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक मैनालीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 2 =