केपी ओली र रमेश लेखकलाई १० दिन थुनामा राख्न सरकारी वकिलको माग

काठमाडौं । भदौ २३ र २४ गतेका घटनासम्बन्धी अनुसन्धानका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई १० दिन थुनामा राख्न सरकारी वकिलको कार्यालयले अदालतमा माग गरेको छ ।

उनीहरूलाई म्याद थपको लागि आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो । न्यायाधीश आनन्द श्रेष्ठको इजलासमा बहस अहिले जारी छ ।

स्वास्थ्य समस्या भएका ओलीलाई टिचिङ अस्पताल, महाराजगन्जबाट भर्चुअल माध्यममार्फत अदालतमा पेश गरिएको थियो भने लेखकलाई प्रत्यक्ष अदालतमा उपस्थित गराइएको थियो ।

सरकारी वकिलको कार्यालयले दुवै व्यक्तिलाई १० दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति माग गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − two =