यस्तो बन्यो बालेनको क्याबिनेट, यी हुन् १५ मन्त्री

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को मन्त्रिपरिषद्का १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ । प्राप्त जानकारीअनुसार, सुधन गुरुङ गृहमन्त्री बन्ने भएका छन् । यसैगरी, स्वर्णिम वाग्ले अर्थ मन्त्रालय, शिशिर खनाल परराष्ट्र मन्त्रालय, सोविता गौतम कानुन मन्त्रालय, विराज भक्त श्रेष्ठलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
नयाँ मन्त्रीहरूको शपथ ग्रहण आज दिउँसो प्रधानमन्त्रीसँग हुनेछ । प्रधानमन्त्री बालेनले दिउँसो १२ः३४ बजे शपथ लिने कार्यक्रम तय गरिएको छ ।
यस्तो छ मन्त्रीहरूको सूची :
बालेन शाह- प्रधानमन्त्री, रक्षा र उद्योग मन्त्रालय
स्वर्णिम वाग्ले- अर्थमन्त्री
सुधन गुरुङ- गृह मन्त्रालय
शिशिर खनाल- परराष्ट्र मन्त्रालय
सुनिल लम्साल- भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालय
विराजभक्त श्रेष्ठ- ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय
खड्कराज पौडेल (गनेश)- पर्यटन मन्त्रालय
सस्मित पोखरेल- शिक्षा विज्ञान, तथा प्रविधि र युवा तथा खेलकुद मन्त्रालय
निशा मेहता- स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
विक्रम तिमिल्सिना- सञ्चार मन्त्रालय
प्रतिभा रावल– सामान्य प्रशासन मन्त्रालय
दीपक साह- श्रम मन्त्रालय
सोविता गौतम- कानुन मन्त्रालय
सीता वादी- महिला, बालबालिका मन्त्रालय








