परराष्ट्र मन्त्रीमा शिशिर खनाल
२०८२ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शिशिर खनाललाई परराष्ट्र मन्त्री बनाउने निर्णय गरेको छ ।
स्रोतका अनुसार रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन), उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेसँगको छलफलपछि बिहीबार साँझ नै खनाललाई परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरिएको हो ।
छोटो समयका लागि शिक्षामन्त्री भइसकेका खनाल लगातार दोस्रो पटक प्रत्यक्ष निर्वाचित सांसद हुन् । उनी पार्टीका सचिवालय सदस्य र अन्तर्राष्ट्रिय विभाग प्रमुख पनि हुन् ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








