स्वर्णिम वाग्ले अर्थमन्त्री बन्ने पक्का, मन्त्रीपरिषद्मा दोस्रो वरियता
२०८२ चैत १३ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति स्वर्णिम वाग्लेलाई अर्थमन्त्री बनाउने भएको छ ।
पार्टी उच्च स्रोतका अनुसार मन्त्रिपरिषद्मा दोस्रो वरियतासहित वाग्लेलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको हो । सरकार गठनसँगै आर्थिक सुधार र नीतिगत स्थिरता कायम गर्ने अपेक्षाबीच उनको नियुक्ति गरिएको स्रोतले जनाएको छ ।
नवनियुक्त अर्थमन्त्री वाग्ले प्रधानमन्त्री बालेन्द्र शाह पछिको दोस्रो वरियतामा रहनेछन् । यसले मन्त्रिपरिषद्मा उनको प्रभावशाली भूमिका रहने बताइएको छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद वाग्ले अर्थतन्त्रसम्बन्धी विषयमा जानकार र अनुभवी व्यक्तित्वका रूपमा चिनिन्छन् ।
२०८२ चैत १३ गते
प्रतिक्रिया
सम्बन्धित








