शपथलगत्तै सर्वोच्च पुगेका थिए बालेन शाह
२०८२ चैत १२ गते

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले सांसद पदको शपथ ग्रहण गरेलगत्तै सर्वोच्च अदालत पुगेर आफ्नो मुद्दाको तारेख लिएका छन् ।
सिंहदरबारस्थित संघीय संसद् भवनमा शपथ लिएपछि शाह तारेख बुझ्न सर्वोच्च अदालत पुगेका हुन् । उनीविरुद्ध अदालतको अवहेलना मुद्दा हाल सर्वोच्चमा विचाराधीन छ ।
सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार उक्त मुद्दाको अर्को पेशी जेठ १४ गतेका लागि तोकिएको छ ।
२०८२ चैत १२ गते
प्रतिक्रिया
सम्बन्धित









