चैते दशैं : शक्तिपीठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौं । चैत्र शुक्ल अष्टमी अर्थात् चैते दशैंको अवसरमा उपत्यकाका विभिन्न शक्तिपीठहरूमा बिहानैदेखि भक्तजनहरूको घुइँचो लागेको छ ।

काठमाडौंको गुह्येश्वरी, दक्षिणकाली, नक्साल भगवती, शोभा भगवती, भद्रकाली, मैतीदेवी लगायतका शक्तिपीठहरूमा देवी दुर्गाको पूजा–आराधना गर्न आज श्रद्धालुहरूको भीड देखिन्छ।

वसन्त ऋतुमा मनाइने यस पर्वलाई ‘सानो दशैं’का रूपमा समेत लिने गरिएको छ । अष्टमीका दिन देवीको विशेष पूजा गरिन्छ । गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा अवस्थित प्रसिद्ध चामुण्डा भगवती मन्दिरमा पनि आज बिहानै देखि श्रद्धालुहरूको घुइँचो लागेको छ । आजै यहाँ श्री चामुण्डा र श्री गणेशको खटयात्रा समेत गरिन्छ ।
तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − two =