कांग्रेस केन्द्रीय समिति बैठक सानेपामा निरन्तर, आज पनि नेताहरूले धारणा राख्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि निरन्तर चल्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेका लागि तय भएको बैठकमा हिजो बोल्न बाँकी रहेका केन्द्रीय सदस्यहरूले आ-आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ ।

पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार, आजको बैठकमा नेताहरूले प्रस्तुत एजेन्डामाथि केन्द्रित रहेर आफ्ना विचारहरू व्यक्त गर्नेछन् । यसअघि हिजोको बैठक पार्टी सभापति गगनकुमार थापाको मन्तव्यबाट प्रारम्भ भएको थियो । सभापतिको सम्बोधनलगत्तै महामन्त्री प्रदीप पौडेलले छलफलका लागि ११ बुँदे एजेन्डा बैठकमा पेस गरेका थिए ।

महामन्त्रीले पेस गरेका तिनै एजेन्डाहरूमाथि हिजो २८ जना केन्द्रीय सदस्यहरूले आफ्नो भनाइ राखिसकेका छन् । हिजोको बैठकमा बोल्ने नेताहरूमा डा. गोपाल दहित, तारामान गुरुङ, मैकुलाल वाल्मिकी, अजयबाबु शिवाकोटी, भरतकुमार शाह, सुधीर शिवाकोटी, शम्भुलाल श्रेष्ठ, नरेन्द्रकुमार केरुङ, रेशमबहादुर बानियाँ, जीतनारायण श्रेष्ठ र रमेश धमला रहेका छन् ।

त्यसैगरी, दिपनकुमार श्रेष्ठ, वसन्त भट्टराई, जनकराज गिरी, शम्भुबहादुर बुढाथोकी, तीर्थजंग शाही, टेकराज पौडेल, केशवराज शर्मा आचार्य, रामबहादुर कार्की, नारायणप्रसाद भट्टराई र शिवबहादुर सुनारले पनि पार्टीको रणनीतिक र साङ्गठनिक विषयमा आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।

यसका साथै, हिजोको बैठकमा सूर्यबहादुर विक, दिनेश सुनार, छन्दबहादुर पहराई, जगदीशचन्द्र उपाध्याय र रामपल्टन साहले पनि मन्तव्य दिएका थिए । केन्द्रीय सदस्यहरूका अतिरिक्त प्रदेश संरचनाको नेतृत्व गरिरहेका मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादव र बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले समेत आफ्नो प्रदेशको अवस्थाबारे हिजो नै बैठकलाई जानकारी गराइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + ten =