भौतिक पूर्वाधार तथा यातायातमन्त्रीद्वारा भेरी करिडोर अनुगमन

काँक्रेविहार । भौतिक पूर्वाधार तथा यातायात एवं वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले भेरी करिडोर सडक आयोजनाको अगुगमन गरेका छन् ।

उनले जाजरकोटको भेरी नगरपालिका–४ पासागाडको जिरो बिन्दुबाट सुरु भएको भेरी करिडोर सडक आयोजनाको डोल्पाको सदरमुकाम दुनैसम्म पुगेर अनुगमन गरेका हुन् ।

मन्त्री चौलागाईंबाट अलपत्र परेका पाँच पुलको अनुगमन गरिएको छ । निर्माणको अन्तिम चरणमा पुगेको ५६ किलोमिटर कालोपत्र भइरहेको छ ।

रुकुम पश्चिमको आठबीसकोट–५ देखि डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ सम्म लगाएको नयाँ ठेक्काको प्रगतिबारे उनले जानकारी लिएका थिए ।

मन्त्री चौलागाईंले सडक निर्माणमा आएका अवरोधका विषयमा त्रिपुरासुन्दरी नगरपालिकामा सरोकारवाला निकायसँग र जिल्ला प्रशासन कार्यालय डोल्पामा छलफल भएको डोल्पाका प्रमुख जिल्ला अधिकारी जुनु हमालले जानकारी दिए । सो क्रममा उपल्लो डोल्पाको करिडोरअन्तर्गतपर्ने ल्यासिक्याप–सिसौल सडक नेपाली सेनालाई दिइएको निर्णयका विषयमा छलफल भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − seven =