नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने

काठमाडौं । नेपालमा सार्कस्तरीय क्षयरोग तथा एचआईभी एड्ससम्बन्धि सम्मेलन हुने भएको छ ।

सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रले नेपालमा तेस्रो पटक यो सम्मेलन आयोजना गर्न लागिएको जानकारी गराएको हो । क्षयरोग तथा एचआईभी एड्स रोग नियन्त्रणमा देखिएको चुनौतिलाई सामना गरेर अघि बढ्ने उद्देश्यसहित यस वर्ष पनि सो सम्मेलन नेपालमा गर्न लागिएको सो केन्द्रका निर्देशक डा. अनुज भट्टचनले बताए ।

मंगलवार विश्व क्षयरोग दिवसको अवसर पारेर भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो सम्मेलनलाई सफलतापूर्वक सम्पन्न गराउनका लागि त्यस क्षेत्रका विज्ञहरुलाई सहयोग गर्न पनि आह्वान गरे । ‘जति पनि टिवी, एचआईभी क्षेत्रमा काम गर्नुभएको छ । उहाँहरुलाई गोलबन्द गर्ने र कमन विषय जाने हिसावले पहिलो र दोस्रो सार्कस्तरीय टिवी, एचआईभी कन्फरेन्स पनि भएको थियो । त्यो हामी यो साल पनि मनाउँछौँ । त्यसमा मैले विशेष गरेर सचिवज्यु र राष्ट्रिय क्षयरोग केन्द्र्रका पदाधिकारीहरुलाई पनि मैले जानकारी गराएँ । हामीले राष्ट्रिय कार्यक्रममार्फत गरेर चुनौतिहरु र विभिन्न सदस्य राष्ट्रहरुले भोग्दै आएका चुनौतिहरुको अनुभव साटासाट गर्ने र त्यस्ता समस्या मिलेर समाधान गर्नका लागि पनि हामी यो साल पनि त्यो कन्फरेन्स गर्न गईरहेका छौँ । यस क्षेत्रका विज्ञहरुलाई पनि सो कार्यक्रमलाई सहयोग गर्न हुन हार्दिक अनुरोध पनि गर्न चाहन्छु ’ निर्देशक भट्टचनले भने ।

सो केन्द्रले नेपालमा क्षयरोगीहरुको संख्या बढदै गएको उल्लेख गर्दै त्यसलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नका लागि सबै स्थानीय सरकारलाई परिचालन गर्न अतिआवश्यक भएको निष्कर्ष समेत निकालेको छ । केन्द्रका निर्देशक भट्टचनले क्षयरोग नियन्त्रणको कामलाई प्रभावकारी बनाउन तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम गर्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 14 =