सफा गरिँदै रुद्रमती (तस्बिरहरू)

हिउँदमा खोलामा जल सतह कम हुने र  सरसफाइ गर्न सजिलो  हुने भएकोले महानगरले आफ्नो पालिका क्षेत्र भित्र पर्ने रुद्रमती नदीको सफाइ अभियान सुरु गरेको हो

काठमाडौँ। महानगरपालिकाले रुद्रमती अर्थात् धोबी खोलाको सरसफाइ अभियान सुरु गरेको छ।

हिउँदमा खोलामा जल सतह कम हुने र  सरसफाइ गर्न सजिलो  हुने भएकोले महानगरले आफ्नो पालिका क्षेत्र भित्र पर्ने रुद्रमती नदीको सफाइ अभियान सुरु गरेको हो।

फोहोरले खोलाको सतह पुरिदा  वर्षाका बेला बाढी आउँदा पानीको सतह बढेर  बाहिर सम्म आई   सडक र बस्ती डुबाउने समस्या समाधान गर्न यो अभियान सहयोगी हुने महानगरले बताएको छ।

अभियान अन्तर्गत खोलामा भएका जैविक फोहोर, पानीले बगाउन नसक्ने फोहोर, नगल्ने फोहोर र खोला वरिपरि रोपेका फूलका बोट बिरुवाहरूको काँटछाँट गर्नुका साथै उम्रिएका झारपात हटाउने काम समेत भइरहेको छ।

“तस्बिरमा हेर्नुहोस् धोबी खोलाको रातो पुल खण्डमा सरसफाइ गर्दै सफाइ कर्मचारीहरू “

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =