बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
२०८२ चैत ९ गते

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आगामी चैत १२ गते बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठक बोलाइएको हो ।
पार्टी प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो ४:०० बजे पार्टी केन्द्रीय कार्यालय, घण्टी घरमा बस्नेछ । बैठकमा केन्द्रीय समितिका सदस्यहरूको अनिवार्य उपस्थिति गराउन निर्देशन दिइएको छ ।
बैठकको मुख्य कार्यसूचीमा संसदीय दलको नेता सम्बन्धी विषय रहनेछ । साथै विविध विषयहरूमा पनि छलफल हुने जनाइएको छ ।
२०८२ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित









