पाथीभरा दर्शनमा आएका एक बालकको मृत्यु
२०८२ चैत ९ गते

फुङ्लिङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर दर्शनमा आएका एक अढाइ वर्षीय बालकको आज मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले पाँचथरको हिलिहाङ गाउँपालिका–२ निवासी हरि श्रेष्ठका छोरा सोहनको मृत्यु भएको जानकारी दिए ।
उनका अनुसार अभिभावक र आफन्तसँग पाथीभरा दर्शनमा आएका बालक फर्कने क्रममा बाटोमै अचानक बिरामी परेकामा तत्काल जिल्ला अस्पताल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीका अनुसार बालक निमोनियाबाट पीडित रहेको बुझिएको छ ।
२०८२ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित








